गृह मन्त्रालयमा शनिबार पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री खाँणले प्रधानमन्त्री देउवा र आफूबीच कुनै असमझदारी नरहेको र सम्बन्ध नबिग्रिएको बताए ।
प्रधानमन्त्रीको निर्देशनबमोजिम आफूहरुले काम गरेको पनि उनले बताए ।
यसअघि गृहमन्त्रीले काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने निर्णय गरेका थिए ।
तर, प्रधानमन्त्री देउवाले भने उक्त निर्णयलाई रोकेका थिए । त्यसपछि दुईबीचमा असमझदारी चुलिएको भनिएको थियो ।
