रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिगत ८ बर्षदेखि रहेका पर्वत भुजुङ्गका शिव हरि पौडेलको औद्योगिक दु’र्घटनामा परि ज्यान गएको छ ।
कोरियाको थेजन शहर स्थित एक फर्निचर कम्पनिमा कार्यरत उनी काम गर्ने क्रममा दशैको दिनमा अर्थात अक्टोबर १५ तारेखको दिनमा भर्याङ्गबाट लडेका उनलाई टाउकोमा गम्भीर चोट लागेर शख्त घाइते भएका थिए ।
उनलाई अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर होस खुल्न भने सकेन । अस्पतालले उनलाई अक्टोबर २४ तारेखमा मृ’त घोषणा गरेका थियो ।
दु’र्घटनामा परेर मृ’त्यु भएको तथा उनको श’व नेपाल लैजानको लागि समेत प्रक्रिया अगाडि बढिसकेको कोरियास्थित नेपाली राजदुतावासकि श्रम सहचारी रमा भट्टराईले जानकारी दिनुभएको थियो ।
पहिलो कार्यकाल पूरा गरेर कमिटेड कामदारको रुपमा उनी कोरिया २०१८ मा आएका थिए ।उनी लडेको भर्याङ्ग यहि हो ।
योपनि
शहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना
काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ ।
केही दिनबाट ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।उहाँको सचिवालय स्रोतका अनुसार बुधबार राति नै उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।
चिकित्सकहरुले उहाँको स्वास्थ्य जाँच गरिरहेकोले रिपोर्ट आउन भने बाँकी रहेको बताइएको छ ।
