उदयपुरमा करेन्ट लागेर एक जनाको मृ/त्यु भएको छ।
रौतामाई गाउँपालिका वडा नम्बर ८ खमारे बस्ने ४१ वर्षीय डम्बरबहादुर मगरको करेन्ट लागेर मृ/त्यु भएको जिल्ला प्र/हरी कार्यालयका प्र/हरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
आइतबार उनको घर नजिकै बाँस काट्ने क्रममा अचानक विद्युतको लाइनमा छोई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घ/टनास्थलमै मृ/त्यु भएको थियो।
प्रहरीले घटनास्थलको अनुसन्धान गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ।
