इन्डोनेसियाका मकस्सार शहरमा आइतबार एक क्याथोलिक चर्च बाहिर बम बिस्फोट भएको छ । प्रहरीले यो बिस्फोटमा केहीको मृत्यु भएको जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटका बेला थुप्रै मानिस चर्चभित्र थिए ।साउथ सुलावेसी प्रहरीका प्रवक्ता ई. जुलपनले मिडियालाई भने, ‘हामीले यहाँ पीडित र मानिसको शरीरको टुक्रा देखेका छौं जून पूर्ण रुपमा क्षत विक्षत भएका छन् ।’
