नेपाल राष्ट्र बैंकले आज (सोमबार) एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा तोकेको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ १९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ ।
बेलायती पाउण्ड स्र्टेलिङको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३४ पैसा, स्वीस फ्य्राङ्क एकको खरिददर १३० रुपैयाँ ५० पैसा र बिक्रीदर १३१ रुपैयाँ १५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ ३५ पैसा तोकिएको छ ।
क्यानेडियन डलरको खरिदद आज ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९१ पैसा निर्धारण गरेको राष्ट्र बैंकले सिंगापर डलर एकको खरिदद ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८९ रुपैयाँ तीन पैसा तोकेको छ । जापानी ऐन १० को खरिददर १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा तथा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ ।
आज साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ दुई पैसा निर्धारण गरिएको छ भने कतारी रियाली एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । यसैगरी थाई भाट एकको तीन रुपैयाँ ५९ पैसा र बिक्रीदर तीन रुपैयाँ ६१ पैसा, यूएई दिर्हाम एकको खदिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा तथा मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९ रुपैयाँ एक पैसा निर्धारण गरिएको छ ।
दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २३ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा निर्धारण गरेको केन्द्रीय बैंकल कुबेती दिनारको खरिददर ३९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ १८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३१७ रुपैयाँ र बिक्रीदर ३१८ रुपैयाँ ५ पैसा निर्धारण गरेको छ ।
