यो वर्ष भाइटिकोको उत्तम साइत आगामी शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ११ बजेर २ मिनेट देखी ११ बजेर ७ मिनेटमा उत्तम साइत भएको समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले बताउनुभयो ।
यद्यपि सोही दिन साँझ सुर्यास्तसम्म टिका लगाउन सकिने उहाँले बताउनुभयो ।
भोली धन्वन्तरी जयन्ती वा यमदिप दान गरी तिहार सुरु हुँदैछ । पर्सी बुधबार काग तथा कुकुर तिहार परेको छ । त्रयोदशी तथा चर्तुदर्शी तिथी एकै दिन परेकाले बिहान काग तथा दिउँसो कुकुरको पुजा गर्नुपर्ने समितिले जनाएको छ ।
त्रयोदशीका दिन काग तथा चर्तुदशीका दिन कुकुरको पुजा गरिने प्रचलन छ ।
