अक्सफोर्ड इंग्लिस डिक्सनेरी (ओईडी) ले भ्याक्सलाई वर्षको शब्द छनोट गरेको छ । कोभिडका कारण भ्याक्सिनसँग सम्बन्धित शब्दको प्रयोग सन् २०२१ मा बढेको जसमा डब्ल भ्याक्स्ड, अनभ्याक्स्ड र एन्टी भ्याक्सरजस्ता शब्दहरुको प्रयोग पनि बढेको ओईडीले जनाएको हो ।
ओईडीका वरिष्ठ सम्पादक फियोना म्याकफेरसनले ‘भ्याक्स’ शब्दको सबैभन्दा उल्लेखनीय प्रभाव रहेकाले यही शब्द स्पष्टरुपमा छनोट परेको बताइन् ।
‘यो शब्दको प्रयोग १९८० ताका सुरु भए पनि गत वर्षअघिसम्म यसको व्यापक प्रयोग हुँदैन थियो,’ उनले भनिन्, ‘भ्याक्सी, भ्याक्स ए थोन, भ्यासकिस्टा जस्ता शब्दको बनावटमा यसको लचकतालाई थप्ने हो निर्विकल्प बन्छ ।’ महामारीका दौरान यो शब्दको प्रयोग ५७ हजार प्रतिशतले बढेको बताइएको छ ।
भ्याक्स सन् १७९९ मा अंग्रेजीमा दर्ता गरिएको थियो । यसका डेरिभेटिभ भ्याक्सिनेट र भ्याक्सिनेसन शब्दकोषमा भने सन् १८०० मा आएको थियो । सबै शब्द ल्याटिन शब्द ‘भाका’ बाट आएको हो ।
अक्सफोर्ड ल्याङ्गवेज र कोलिन्सले आ–आफ्नो ‘वर्ष शब्द’ चयन गर्दछ । २०२० मा कोलिन्सले ‘लकडाउन’ लाई वर्ष शब्द चयन गरेको थियो । तर अक्सफोर्डले भने एकभन्दा बढी शब्द चयन गर्दै लकडाउन, बुस फायर, कोभिड–१९, ब्ल्याक लाइभ म्याटर, वर्कफ्रम होम, किवर्कर र फरलोहलाई चयन गरेको थियो ।
कोभिड–१९, ब्ल्याक लाइभ म्याटर, वर्कफ्रम होम, किवर्कर र फरलोहलाई चयन गरेको थियो ।

