बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० बल्देको धुरीमा होलीका अवसरमा लागेको मेलामा झगडा हुँदा मारिएका दुई जना कार्यकर्ता आफूहरूको पार्टीका नेता भएको नेपाली कांग्रेसले बताएको छ।
दुई समूहबीच झडप हुँदा कांग्रेस जिल्ला कार्यसमिति बागलुङका सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारको मृत्यु भएको थियो।
जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले सोमबार विज्ञप्ति निकालेर घटनाका दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन्।
घटनाका घाइते ज्ञानु दमाइलगायतको उपचार व्यवस्था मिलाउन सरकारसँग उनले माग गरेका छन्।
सुनियोजित तरिकाले हमला गरी योजनावद्ध रूपमा हत्या गरिएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।
