भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ । अतिवादी धार्मिक समूह हिफाजत ई ईस्लामले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा आइतबार थप दुुई जना मारिएका हुन्
बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याइएपछि यो समूह आक्रोशित बनेको थियो ।
