काठमाडौं । पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत मानन्धरको ९१ बर्षको उमेरमा सोमबार साँझ निधन भएको हो
२००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धर त्यसको दुई वर्षपछि २००९ सालमा रौतहटको किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिको सुरुवात गरेका थिए ।
