पछिल्लो समय पुरूषहरूमा बाझोपनको समस्या धेरै बढिरहेको
पुरुषहरुमा बाँझोपना हुनका धेरै कारण छन्। जसमध्ये उसको काम गर्ने वातावरण र उसको कामको प्रकृति महत्वपूर्ण कारण बनेको छ। ड्राइभिङ गर्ने, केमिकलमा काम गर्ने अनि विदेशमा जोखिमपूर्ण क्षेत्रमा काम गर्नेहरुलाई बाँझोपनाको खतरा धेरै हुन्छ।
त्यस्तै तनाव पनि महत्पूर्ण पक्ष हो। चुरोट सेवन गर्ने पुरूषहरुमा बाँझोपनाको समस्या धेरै हुनसक्छ। रक्सी पनि धेरै खाएमा त्यस्तो हुन्छ।
दम्पतीले चाहँदा चाहँदै पनि तीन वर्षसम्ममा समेत बच्चा नजन्मिए पुरुष र महिलालाई उत्तिकै निगरानी गरिन्छ। उनीहरु दुवैको हामीले अनुसन्धान गर्छौ।
छ। एक समय महिलालाई धेरै आरोप लगाइन्थ्यो। तर अहिले पुरूषहरुमा समेत बाँझोपनको समस्या बढ्दै गएपछि हामीले यसबारे दुवैको अध्ययन गर्छौ।
उमेर समूह पनि बाझोपनाको अर्को प्रमुख कारण हो। ४० वर्ष कटेपछि पुरुषहरुमा समेत बाँझोपनाको खतरा रहन्छ। त्यसैले ३५ वर्ष भन्दा अगाडिनै बच्चा जन्माउनु राम्रो हो। ४० कटेपछि विभिन्न खालका जटिलताहरु आउन सक्छन्।
कतिपय अवस्थामा प्रजनन् क्षमता जोगाएर समेत राख्न सकिन्छ।
नर्भिक र अल्का अस्पतालमा कार्यरत टेष्ट ट्युव बेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक डा.नुतन शर्मासँग हामीले यसबारेमा भिडिओ कुराकानी गरेका छौ। हेर्नुहोस् भिडिओ
