प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले नेकपा एमालेका माधव कुमार नेपाल समूहलाई संयमित भएर अगाडि बढ्न सुझाव दिएका छन्।
उनले शनिबार ट्वीट गर्दै भनेका छन्- समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए विजोग होला है।
यसका साथै उनले नेपाल समूहले जुन बाटो पहिल्याउँदै छ त्यसको कुनै बाटो नभएकोले संयमित हुन सुझाव दिएका हुन्।
नेपाल समूहले आजै ओलीविरूद्ध देशव्यापी अभियान घोषणा गर्न लागेको छ। उक्त समूहले चार नेतालाई निलम्बन गरेको ओलीको निर्णयलाई पनि एमाले फुटाउने दुराशय भनेको छ।
अँध्यारो सुरूङमा नेपाल समूह फस्दै गएको भन्दै विजोग हुनबाट जोगिन थापाले सुझाव दिएका हुन्।उनले भनेका छन्- माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन!
