काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ।
मस्तिष्कघात भएका उनलाई वयोधा अस्पतालमा उपचार गरिएको थियो।
वडाध्यक्ष मालीको निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले सेतोपाटीलाई बताइन्। ‘अहिले नगरपालिका भवनअगाडि शोक सभा भइरहेको छ,’ उनले भनिन्।
मालीको शव श्रद्धाञ्जलीका लागि अहिले कीर्तिपुर नगरपालिका कार्यालयको भवन अगाडि राखिएको छ।
माली नेकपा एमालेबाट गत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई वडाध्यक्ष जितेका थिए।
