काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा शैक्षिक संस्था अनलाइन माध्यममा सञ्चालन गर्ने तयारी गरेको सरकारले अहिले सरोकारवालासँग छलफल गरिरहेको छ ।
शिक्षा मन्त्रालयमा अहिले स्थानीय तहका प्रतिनिधि, प्याब्सन, ऐन प्याब्सन, सीटीईभीटीका प्रतिनिधिलगायत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थामा कोरोना संक्रमण डरलाग्दोगरी बढेको भन्दै अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको थियो ।
तर विद्यालय सञ्चालकले नमाने पछि अहिले मन्त्रालयले नै पहल गरेर छलफल थालेको हो
