नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले कर्णाली प्रदेशमा संसदीय दलको ह्विप उल्लंघन भएपछि ‘माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भएको’ बताएका छन् ।
शुक्रबार राति ट्विटरमार्फत पूर्व सञ्चारमन्त्री समेत रहेका नेता बाँस्कोटाले अब नेता नेपालले माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन र अविश्वासको प्रस्ताल राख्न लगाउनमात्र बाँकी रहेको बताएका छन् ।
“कर्णालीमा दलीय प्रक्रियाको लक्ष्मणरेखा उल्लंघन गरेपछि अब माधव नेपालले पाउँदै आएको शंकाको लाभको राजनीतिक स्थान समाप्त भयो,” उनले लेखेका छन्,“अब उनको एउटा काम बाँकी छ, त्यो हो– माओवादीलाई समर्थन झिक्न र अविश्वास प्रस्ताव एकसाथ राख्न लाउने, त्यसपछि कारबाही खाने बाटा लाग्ने ।”
शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णाली प्रदेशका चार जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उनीहरूले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीकाे सरकारकेपी शर्मा ओली र माधव कुमार नेपाल–झलनाथ खनालबीचको विवादको असर कर्णालीमा देखिएको हो । पछिल्लो एमालेका दुवै पक्षले समानन्तर गतिविधि गर्दै आएका छन् ।
