प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर २७ जना सांसदलाई मंगलबार स्पष्टीकरण सोध्दा नेपाल पक्षधर ८ जना सांसदलाई भने स्पष्टीकरण सोधिएको छैन।
नेपाल पक्ष भनेर चिनिएका प्रतिनिधि सभाका ३५ सांसदमध्ये गोकर्ण बिष्ट, राजबहादुर बुढा, गंगा चौधरी, पार्वतीकुमारी विसुङखे, कलिला खातुन, समिना हुसेन र बिना बुढाथोकीलाई ओलीले स्पष्टीकरण सोधेका छैनन्।
स्पष्टीकरणमा नपरेका सांसद राजबहादुर बुढाले आफू ओली, नेपाल पक्षधर भन्दा पनि एमाले पक्षधर रहेको बताए।
सशक्त एमाले बन्नका लागि सबैले पार्टी नेतृत्वलाई सघाउनु पर्ने भन्दै उनले त्यसका लागि नेतृत्वले सबैलाई समेटन सक्नुपर्ने बताए।
‘सांसदहरूलाई किन स्पष्टीकरण सोधियो भनेर मैल भन्न सक्ने कुरा भएन। तर मैले कुनै सम्झौता गरेका कारण मलाई स्पष्टीकरण नसोधिएको होइन,’बुढाले सेतोपाटीसँग भने।
केपी ओली र माधव नेपाल नमिले कम्युनिष्ट आन्दोलन सकिनेसमेत शाहीको भनाइ छ।नेपालका पक्षमा रहँदै आएका ३५ सांसदमध्ये गोकर्ण बिष्ट, राजबहादुर बुढा, गंगा चौधरी, पार्वतीकुमारी विसुङखे, कलिला खातुन,समिना हुसेन र बिना बुढाथोकीलाई ओलीले स्पष्टीकरण सोधेका छैनन्।
‘अहिले कोही यताउता लाग्दैमा समस्या समाधान हुने होइन। केपी ओलीले तत्काल वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलाई बोलाएर पार्टी एकताको पहल गर्नुपर्छ। उहाँहरू मिल्नासाथ अहिले भइरहेका भेला र समानान्तर कमिटी सबै बन्द हुन्छन्,’ उनले भने,’केपी ओलीले राजबहादुर बुढालाई आफ्ना पक्षमा पार्नुभन्दा खनाल, नेपाल र गौतमलाई आफ्ना पक्षमा पार्नु पार्टीका लागि कयौं गुणा फाइदाजनक हुन्छ। किनकी म त पार्टी एकताका लागि केन्द्रीय सदस्य र सांसद दुबै पद छोड्न तयार छु।’
ओलीबिनाको एमाले कल्पना गर्न नसकिने र नेपालबिनाको एमाले जिउँदो नरहने भन्दै उनले ओली र नेपालले पार्टी विभाजन गरे जो जता लागे पनि कार्यकर्ताले दुःख पाउने बताए।
