काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।
यसअघि, यही वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय २७ र प्रदेशका पाँच गरी ३२ सांसदसँग स्पष्टीकरण मागेका थिए । ओलीले सफाइको अन्तिम मौका दिएर स्पष्टीकरण सोधेका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल–नेपाल समूहले स्पष्टीकरणको जवाफ बुझाइसकेको छ । तर, आजको बैठकले जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाही गर्न सक्ने सम्भावना छ ।
