चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको थियोदिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृत्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चिहान खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ ।
उनले भने, ‘मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो । उनको मृत्युपछि शवलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ शवलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।’
