नेपाल बुद्धिचाल संघका पूर्व कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको शनिबार काठमाडौँमा निधन भएको छ । काठमाडौँको क्षेत्र पाटी बस्ने श्रेष्ठ लामो समयदेखि सुगर रोगले पीडित थिए ।
२०६४ देखि २०७२ सालसम्म निरन्तर कोषाध्यक्षमा रहेर उनले नेपालमा बुद्धिचाल खेल विकासको लागि महत्वपूर्ण काम गरेका थिए ।
