कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उनले आज हस्तान्तरण गरेका हुन् ।
सांसद बस्नेतको पहलमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण लगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आएको छ ।
