आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।
बिहान गएको भूकम्पले लमजुङमा केही मानिस घाइते छन् भने केही घरमा क्षति पुगेका विवरण आएका छन्।
