एमाले धनुषाका नेता योगनारायण यादवको कोरोना संक्रमणबाट निधन भएको छ। मिर्गौला रोगबाट पीडित भई काठमाडौंमा उपचार गरिरहेका ५७ वर्षीय यादवको बिहीबार बिहान निधन भएको हो।
मेडीसिटी अस्पतालमा उपचाररत् उनलाई १५ दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।
एमाले नेता रामचन्द्र मण्डलका अनुसार कोरोना संक्रमण भएपछि यादवको स्वास्थ्य थप नाजुक बनेको थियो।
हप्तामा दुई दिन मिर्गौलाको डायलासिस गराइरहेका यादवको मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पूरा भइसकेको अवस्थामा कोरोना संक्रमणका कारण निधन भएको अस्पतालले जनाएको छ।
यादव २०५६ सालमा प्रतिनिधि सांसद निर्वाचित भएका थिए।
मिर्गौला प्रत्यारोपणको तयारी गर्दागर्दै कोरोनाले बिते एमाले नेता यादव
मिर्गौला प्रत्यारोपणको तयारी गर्दागर्दै कोरोनाले बिते एमाले नेता यादव
तपाईको प्रतिक्रिया
