काठमाडौं उपत्यकामा थप दुई हजार ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंमा १७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार अहिले ३३ हजार ९१३ जना सक्रिय संक्रमित छन्।
जसमध्ये काठमाडौंमा मात्रै २२१९३, ललितपुरमा ६८५६ र भक्तपुरमा ४८६४ जना छन्।
