सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्व सुचना तथा सन्चारमन्त्री पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले उनकै अगुवाइमा सिन्धुपाल्चोक जिल्लामा निशुल्क कोभिड रोग उपचार केन्द्र स्थापनाको कार्य द्रुतगतिमा भईरहेको बताएका छन् ।
शुक्रबार केहि आवश्यक सामाग्री सहित सिन्धुपाल्चोक पुगेका पुर्वमन्त्री बस्नेतले संक्षिप्त पत्रकार भेटघाट गरी यो जानकारी दिएका हुन् ।
नेता बस्नेतले केही दिन अगाडि १ महिना भित्र सिन्धुपाल्चोकमा कम्तिमा १०० बेडको अक्सिजन सहितको कोरोना रोग उपचार केन्द्र खोल्ने घोषणा गरेका थिए। सो अनुरुप विभिन्न तह र तप्काबाट सहयोग जुटाई शुक्रबार ४० लिटरको १०० थान अक्सिजन सहितको सिलिन्डर, १०० थान हस्पिटल बेड, २ लाख सर्जिकल मास्क लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री जिल्लामा पुर्याएका छन् ।
साथै, उक्त उपचार केन्द्रको लागी काठमाडौंमा रहेको हेम्स अस्पतालले प्राविधिक सहयोग गर्ने हेम्स अस्पतालका प्रमुख रामशरण भण्डारीले प्रतिबद्धता जाहेर गरेका छन् ।
थप सामग्री 
पुर्वमन्त्री बस्नेतले जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरुमा आपतकालीन सेवा सन्चालन गर्नुको साथै बाह्रबिसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडिचौर, चौतारा अस्पताल, मेलम्ची अस्पताल, नवलपुर अस्पताल, जलबिरे अस्पताल, नेपाल चिनको सिमा क्षेत्रमा पर्ने चाकु बजार लगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रुपमा आवश्यकता अनुसार अक्सिजन सिलिन्डर र बेडहरु राखी सेवा संचालन गरिने तयारी गरेको बताए ।
बस्नेतले आपतकालीन सेवा अन्तर्गत अस्थायी सेवाको लागि उपयुक्त स्थल भएको अवस्थामा उच्च स्तरको टेण्ट मै राखेर भए पनि उपचार गरिने बताएका छन् । दीर्घकालीन एवम् स्थाई रुपमा भने सुनकोसी गाउँपालिका वडा नं ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोभिड लगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिने योजना रहेको उनले बताए।
त्यस्तै पुर्वमन्त्री बस्नेतले जिल्लामा अक्सिजन प्लान्ट सहितको दीर्घकालीन योजना अगाडी बढाएका छन् । उक्त अक्सिजन प्लान्ट निर्माणमा सुनकोसी गाउँपालिका, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, क्षमादेवी ग्रुप र नेपाली काङ्ग्रेस तरुण विभाग केन्द्रिय सदस्य पासाङ नोर्बु लामा लगायत अन्य विभिन्न क्षेत्रको लगानी रहने गरि बजेट व्यवस्थापन भईसकेको र अक्सिजन प्लान्टका लागि अर्डर गरिएका आवश्यक सामान आईपुगेपछी उक्त प्लान्टबाट अक्सिजन उपलब्ध हुने उनले बताए ।

यो संगै सिन्धुबासीका हरेक समस्याका सारथि बस्नेतले अक्सिजनको अभावमा जिल्लाका कुनै पनि बिरामीले मृत्यु वरण गर्नु नपरोस् भन्दै उहाँको टिम २४ घण्टा एम्बुलेन्सको रुपमा ५ वटा गाडीहरु तयारी अवस्थामा राखेर हाई अलर्टका साथ तैनाथ रहेको जानकारी दिएका छन् ।
स्वास्थ्य सुरक्षा मात्र नभई खाद्य सामाग्री पनि आवश्यता अनुसार वितरण गरिरहेको नेपाली काङ्ग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए । उक्त सामाग्री व्यवस्थापन कार्यक्रममा सुनकोसी गाउँपालिका प्रमुख श्रवण कुमार जिसि, सुनकोसी गाउँपालिका वडा नं ६ का अध्यक्ष रामकुमार थापा, महासमिति सदस्य हरिशरण श्रेष्ठ लगायत युवा तरुण नेता कार्यकर्ताहरुको सहभागीता र सहयोग रहेको थियो ।