काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको टिप्पणी गरेका छन् ।
उनले आज बिहान समाजिक सञ्जालमार्फत त्यस विरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् ।
राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्यविरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं ,” उनले लेखेका छन् ।
हिजो संविधानको धारा ७६ (५) अनुसार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गरेकी छिन् ।
