स्थानीय सामाजिक–आर्थिक विकास एवं रणनीतिक सडक निर्माणमा स्थानीयहरुकै अवरोध आएपछि सडक विभाग डिभिजन कार्यालयले अनुनय विनय गर्नुपरेको छ ।
संघीय सडक सुरपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, भरतपुर अन्तर्गतको नुवाकोट–धादिग जिल्ला जोड्ने केउरेनी–फोस्रेटार–सुनौला बजार–धादिगबेसी सडक खण्डमा स्थानीय अवरोधका कारण काम अघि बढ्न नसकेपछि सम्बन्धित स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई निवेदनसहित सहजीकरणका लागि आग्रह गर्नु परेको हो
डिभिजन कार्यालय भरतपुरले शुक्रबार जिल्ला समन्वय समिति धादिङबेसी, जिल्ला प्रशासन कार्यालय धादिङबेँसीमा, निलकण्ठ नगरपालिका धादिङबेँसीमा, गल्छी गाउँपालिका गल्छी र जिल्ला प्रहरी कार्यालय धादिङबेँसीमा उदृत गर्दै सहजीकरण गरिदिन पत्र काटेको छ ।

