काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्रीले चालेको कदमका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्न लागेका छन् ।
उनीहरुले अहिले केहीबेरपछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेको एक नेताले जानकारी दिए ।
यसअघि बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउने १४९ जना सांसदका तर्फबाट सर्वोच्चमा रिट दायर गर्ने निष्कर्ष निकालेका थिए ।
