आज युगकवि सिद्धिचरण श्रेष्ठको ११० औं जन्मजयन्ती हो । यही अवसर पारेर कवि श्रेष्ठको शब्द तथा स्वर सम्राट नारायण गोपालको स्वर रहेको गीत ‘मेरो प्यारो ओखलढुङ्गा’को भिडियो सार्वजनिक भएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानको निर्माण रहेको गीतको भिडियो दिनेश डिसीले निर्देशन गरेका हुन् ।
तीन बर्ष अगाडि निर्माण भएको यो भिडियो बल्ल अहिले सार्वजनिक गरिएको हो । भिडियोमा समीक्षा पोखरेल, महेश खड्का र दिनेश डिसी लगायतको अभिनय छ ।
