वागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले चितवनको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिएकी छन्।
वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रली उपलब्ध गराएकी हुन्।
वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र विनोद श्रेष्ठलाई ती सामग्री सोमबार हस्तान्तरण गरेकी थिइन्।
उनकाअनुसार अष्ट्रेलियाको सिड्नीमा रहेकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको रु.१० हजारले ती सामग्री खरिद गरेर सहयोग गरिएको हो।
सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएकी थिइन्। ‘पहाडी क्षेत्रमा कोरोना सङ्क्रमितहरुलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ’ उनले भनिन्।
संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शय्याको निःशुल्क आइसोलेसन सञ्चालन गरेको बताए।
समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन्। दुई जना चिकित्सक सहितको अक्सिजन सिलिण्डर राखेरइच्छाकामना चेपाङ समुदायको बाहुल्यता रहेको पालिका हो। आईसोलेसन चलाइएको छ।
आइसोलेसनमा शय्या ५० पुर्याउने लक्ष्यसाथ काम अघि बढाएको उनले बताए। सो अस्पतालले जिल्लाकै विकट मानिएको ईच्छाकामना गाउँपालिकासँगै तनहुँ, गोरखा र धादिङका बिरामीलाई समेत सेवा दिन सक्ने छ।
