काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीसँग छलफल गरिरहेका छन् । अहिले सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (खनाल–नेपाल समूह), जनता समाजवादी पार्टीको (अध्यक्ष उपेन्द्र यादव समूह) लगायतका शीर्ष नेताहरू र कानुन व्यवसायी छलफल गरिहेका छन् ।
विपक्षी गठबन्धनका सांसदले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र संसद् विघटन पुनःस्थापनाको माग गर्दै १४६ सांसद उपस्थित भएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
