यदी तपाईले फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जजालको प्रयोग गर्नुहुन्छ भने पक्कै पनि मेसेज आउँछ। सामाजिक सञ्जालमा जोडिएका साथीभाइहरूको मेसेजहरू आउनु पनि स्वभाविक हो।
ती मेसेजहरूमध्ये कुनै मेसेज नचिनेको व्यक्ति अथवा तपाईलाई मन नपर्ने व्यक्तिले पनि पठाएको हुनसक्छ। तपाईसँग ती व्यक्तिलाई रिप्लाई नगरी बस्ने विकल्प छ। तर यसबाहके तपाई यस्ता सामाजिक सञ्जालमा अफलाइन पनि बस्न सक्नुहुन्छ। यसरी अफलाइन बस्नुभयो भने अन्य प्रयोगकर्ताले तपाई सामाजिक सञ्जाल चलाइ रहनुभएको छ भन्ने थाहा पाउँदैनन्। अनि अनावश्यक रुपमा तपाईलाई एक्टिभ देखेकै भरमा मेसेज गर्नेहरूले पनि मेसेज गर्न बन्द गर्नेछन्।
फेसबुक मोबाइल एपमा यसरी बस्नुहोस् अफलाइनः
– फेसबुक एपबाट आफ्नो फेसबुक खाता लग-इन गर्नुहोस्
– मोबाइलको सबैभन्दा माथिल्लो भागको दायाँपट्टी रहेको तीन वटा धर्कोलाई चयन गर्नुहोस्
– यहाँ तपाईले तल स्क्रोल गरेपछि ‘सेटिङस् एन्ड प्राइभेसी’ भन्ने देख्नुहुन्छ। त्यसलाई चयन गर्नुहोस्
– यसभित्र रहेको ‘सेटिङ्स’ भन्ने विकल्प रोज्नुहोस्
– यता ‘अकाउन्ट’, ‘प्रिफेन्स’, ‘अडियन्स एन्ड भिजिबिलिटी’ लगायत विभिन्न खण्ड देख्नुहुन्छ। त्यसको ‘अडियन्स एन्ड भिजिबिलिटी’ भन्ने खण्डमा जानुहोस्
– यसको सबैभन्दा तल ‘एक्टिभ स्टाटस’ भन्ने विकल्प हुन्छ। त्यसलाई रोज्नुहोस्
– अब तपाईले यहाँ ‘सो ह्वेन यू आर एक्टिभ’ भन्ने देख्नुहुन्छ। यसलाई टर्न-अन अथवा टर्न-अफ गर्न सक्नुहुन्छ।
फेसबुक मेसेन्जरमा यसरी बस्नुहोस् अफलाइनः
– फेसबुक मेसेन्जरबाट आफ्नो खाता लग-इन गर्नुहोस्
– मेसेन्जर खुलिसकेपछि सबैभन्दा माथिल्लो भागको बायाँपट्टि तपाईले ‘च्याट’ भन्ने देख्नुहुन्छ। त्यसको छेउमा रहेको प्रोफाइल पिक्चरमा थिच्ने
– यसमा तपाईले प्रोफाइल खण्डमा ‘एक्टिभ स्टेटस’ भन्ने देख्नुहुन्छ। यसलाई चयन गर्नुहोस्
– अब भने तपाईले यहाँ ‘सो ह्वेन यू आर एक्टिभ’ भन्ने विकल्पलाई चयन गरि एक्टिभ स्टेटस टर्न-अन अथवा टर्न-अफ गर्न सक्नुहुन्छ।
यसरी तपाईले फेसबुक एप र मेसेन्जर एपबाट अफलाइन बसेर यी सामाजिक सञ्जाल चलाउनु सक्नुहुन्छ। र, तपाईले फेसबुक/मेसेन्जर चलाइरहनु भएको छ भने कसैले चाल पनि पाउँदैन किनभने तपाई अफलाइन हुनुहुन्छ।
