नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ६८ पैसा र बिक्री दर ८४ रुपैयाँ १० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्री दर १० रुपैयाँ ४४ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ आठ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९० पैसा र बिक्री दर नौ रुपैयाँ ९५ पैसा कायम भएको छ ।