बिहीबारदेखि काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुका ६ शाखा मात्रै खुल्ने भएका छन्। जसअनुसार काठमाडौं जिल्लामा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा संचालनमा आउने भएको छ।
यस्तै विकास बैंकलाई ४ र वित्त कम्पनीलाई ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार विकास बैंकले काठमाडौं जिल्लामा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एक वटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।
बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो–पालो गरेर शाखा खोल्नुपर्ने उनले बताए ।
कोरोना संक्रमणको दोस्रो लहर थप फैलिएसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थहरुको शाखा कमभन्दा कम खोल्ने नीति लिएको छ।
राष्ट्र बैंकले सर्वसाधारणलाई पैसाको अतिआवश्यक नभइ बाहिर ननिस्कन आग्रह गरेको छ । बैंकहरुले निषेधाज्ञा अवधिमा अत्यावश्यक ५ सेवा मात्रै दिने छन्।
जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक/आइपिएस/आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने भएको छ।
उपत्यकामा बिहीबार कुन बैंकका कुन कुन शाखा कार्यालय संचालन हुन्छन्? (बैंकहरुले फेसबुक पेज र वेबसाइटमा सार्वजनिक गरेको विवरणका आधारमा)
प्राइम कमर्सियलः बालाजु, कालिमाटी, कमलपोखरी, कोटेश्वर, पाटन÷पुल्चोक, ठिमी शाखा कार्यालय संचालन हुनेछन्।
इन्भेष्टमेन्ट बैंकः बत्तिसपुतली, गंगबु, न्यूरोड, पुल्चोक, सिपाडोल शाखा कार्यालयका अलवा प्रधान कार्यालय संचालन हुनेछ।
ग्लोबल आइएमई बैंकका कान्तिपथ, कुलेश्वर, कुमारीपाटी, ठिमी, पानीपोखरी, कुपण्डोल कार्यालय संचालनमा आउने छन्।
नेपाल बैंकका भक्तपुर, कोटेश्वर, कुपण्डोल, महाराजगन्ज कार्यालय संचालनमा आउने छन्।
कृषि विकास बैंकका शामाखुसी, त्रिपुरेश्वर, न्यूरोड, मंगलबजार, कुपण्डोल र बोडेका कार्यालय संचालन हुनेछन्।
राष्ट्रिय वाणिज्य बैंकका विशालबजार÷न्यूरोड, ठमेल, स्वयम्भू, पुल्चोक र सूर्यविनायक शाखा कार्यालय संचालनमा आउने छन्।
नबिल बैंकका ग्वार्को, काँडाघारी, कुमारीपाटी, महाराजगन्ज, सिनामंगल र सूर्यविनायक कार्यालयहरु संचालन हुनेछन्।
प्रभु बैंकका कलंकी, कपन, एयरपोर्ट, सानेपा, बालकोट र सातदोबाटो शाखा कार्यालय खुल्ने छन्।
सिद्धार्थ बैंकका हात्तीसार, जोरपाटी, तीनकुने, जावलाखेल, इमाडोल र च्याम्हासिंह कार्यालय खुल्नेछन्।
मेगा बैंकका बालकोट, कमलादी, ठमेल, ज्ञानेश्वर, कुमारीपाटी, सुनाकोठी शाखाहरु खुल्नेछन्।
लक्ष्मी बैंकका हात्तीसार, टेकु, सामाखुसी, लगनखेल, सानेपा, भक्तपुर (सल्लाघारी) शाखा कार्यालय संचालन हुनेछन्।
सानिमा बैंकका कान्थिपथ, जोरपाटी, महाराजगन्ज, एकान्तकुना, कुपण्डोल र गठ्ठाघर शाखा कार्यालय संचालन हुनेछ।
एनएमबि बैंकका गोलमाडी, ग्वार्को, पुल्चोक, पुतलिसडक, गंगबु र सितापाइला शाखा कार्यालय संचालन हुनेछ।
सनराइज बैंकका कमलपोखरी, चाबहिल, गंगबु, लुभु, गाबाहल र भक्तपुर शाखा कार्यालय संचालन हुनेछ।
सेन्चुरी कमर्सियल बैंकका नयाँ बानेश्वर, टोखा, पुतलिसडक, बौद्ध, सातदोबाटो र भक्तपुर शाखा कार्यालय संचालन हुनेछ।
| क्र.सं. | बैंक | शाखा | समय | ||
| काठमाडौं | ललितपुर | भक्तपुर | |||
| १ | प्राइम कमर्सियल बैंक | बालाजु, कालिमाटी, कमलपोखरी र कोटेश्वर | पुल्चोक | ठिमी | |
| २ | नेपाल इन्भेष्टमेन्ट बैंक | बत्तिसपुतली, गोंगबु, न्यूरोड र दरबारमार्ग | पुल्चोक | सिपाडोल | |
| ३ | ग्लोबल आइएमई बैंक | कान्तिपथ, कुलेश्वर, कुमारीपाटी र पानीपोखरी | कुपण्डोल | ठिमी | |
| ४ | नेपाल बैंक | महाराजगन्ज, कोटेश्वर, न्यूरोड | कुपण्डोल | भक्तपुर | |
| ५ | कृषि विकास बैंक | सामाखुसी, त्रिपुरेश्वर, न्यूरोड, रामशाहपथ | कुपण्डोल | बोडे | |
| ६ | राष्ट्रिय वाणिज्य बैंक | बिशालबजार, ठमेल, स्वयम्भु र रामशाहपथ | पुल्चोक | सूर्यविनायक | |
| ७ | नविल बैंक | काँडाघारी, महाराजगन्ज, सिनामंगल र दरबारमार्ग | कुमारीपाटी | सूर्यविनायक | |
| ८ | प्रभु बैंक | कलंकी, कपन, एयरपोर्ट र बिजुलीबजार | सातदोबाटो | बालकोट | |
| ९ | सिद्धार्थ बैंक | हात्तिसार, जोरपाटी, तीनकुने | च्याम्हासिंह | जावलाखेल | |
| १० | मेगा बैंक | कमलादी, ठमेल, ज्ञानेश्वर | सुनाकोठी | कुमारीपाटी | |
| ११ | लक्ष्मी बैंक | हात्तिसार, टेकु, सामाखुसी | सानेपा | सल्लाघारी | |
| १२ | सानिमा बैंक | कान्तिपथ,जोरपाटी, महाराजगन्ज | कुपण्डोल | गठ्ठाघर | |
| १३ | एनएमबी | पुतलीसडक, गोंगबु सितापाइला | ग्वार्को | गोलमडी | |
| १४ | सनराइज बैंक | कमलपोखरी, चाबहिल, गोंगबु | गाबाहाल, लुभु | भक्तपुर | |
| १५ | सेन्चुरी कमर्सियल बैंक | नयाँ बानेश्वर, टोखा, पुतलीसडक, बौद्ध | सातदोबाटो | भक्तपुर | |
निषेधाज्ञा अवधिमा सबै बैंकको मुख्य कार्यालय भने सञ्चालनमा आउने छन्। बिहान १० देखि २ बजेसम्म बैंकका तोकिएका शाखा कार्यालय संचालनमा आउने छन्। बैंकहरुले कुन दिन कुन कुन शाखा संचालन गर्ने भन्ने सूचना आफ्नो वेबसाइट तथा फेसबुक पेजबाट दिँदै आएका छन्।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जेठ २० गतेसम्म निषेधाज्ञा अवधि तोकेका छन्।
