काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले जारी गरेको अध्यादेशलाई लिएर आपत्ति जनाएको छ । पार्टीका तीनै अध्यक्षले बुधबार साँझ विज्ञप्ति जारी गरेर नागरिकता अध्यादेशलाई लिएर ‘सरकारको बदनियतपूर्ण कार्य’ भनेका छन् ।
“संसद्मा विश्वासको मत लिन नसकेर प्रतिनिधि सभा विघटन गर्ने, विघटनको दुई दिन नपुग्दै संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रूपमा जारी गर्नु सरकारको बदनियतपूर्ण कार्य हो,” विज्ञप्तिमा भनिएको छ ।
नागरिकताजस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमतिविना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेको राप्रपाको आरोप छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रत्यक नेपालीले सहज र सरल रूपमा नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित गरिनु हुँदैन र कुनै पनि विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने राप्रपाको दृढ मान्यताराप्रपाले ‘राष्ट्रिय हित विपरीतका प्रावधान राखेर जारी भएको अध्यादेश बारे पुनर्विचार गर्न’ सरकारसँग माग गरेको छ ।
