काठमाडौं । नेपालमा फेरि बर्डफ्लु रोग पुष्टि भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–१, खुनियाकट्टा र बूढीगंगा गाउँपालिका–५ का कृषकहरूले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकायहरूको समन्वयमा विज्ञसहितका टोली परिचालन गरिएको छ,” विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
रोग नियन्त्रणका लागि खटिएको टोलीले एक हजार ६५० लेयर्स कुखुरा, ५० परेवा, चार हजार २०० वटा अन्डा, एक हजार १५० केजी दानालगायत वस्तु सुरक्षित तवरले ‘डिस्पोज’ गरेको छ । यस्तै, रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिएको विभागले जनाएको छ ।
विज्ञप्ति पढ्नोस्–

