काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको आज काठमाडौंको निदान अस्पतालमा निधन भएको हो ।
नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
