नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट नेपालमा न्यून लगानी भएको बताएका छन् । बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग भेटघाट क्रममा गोल्छाले अब बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानी अवसर बढेको गोल्छाले राजदूत आचार्यलाई जानकारी गराए । नेपालले यी विषयमा गरेको सुधार बेलायतलाई जानकारी गराउन उनले राजदूतसमक्ष आग्रह गरे ।
राजदूत आचार्यले आप्mनो कार्यकालमा नेपाल–बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए । उनले भने, ‘यूरोपेली संघबाट बेलायत बाहिरिएकाले हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छांै, यो मेरो प्राथमिकतामा रहेको विषय हो ।’ महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण (भिजन पेपर) र अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आपूmलाई निजी क्षेत्रको धारणा बुभ्mन र यी बिषयमा काम गर्न सहज हुने पनि उनले बताए ।
भेटवार्तामा सहभागी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए । ‘यसो गर्दा तरलता अभावको अहिलेको अवस्था केही सहज हुनेछ,’ उनले भने, ‘दूतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचारप्रसार गर्न सकिन्छ ।’
