प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् ।
बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी सम्झौतामा संशोधन गर्नुपर्ने विषय उपलब्ध गराउन आग्रह गरेका हुन् । छलफलका क्रममा प्रचण्ड र नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने बताएपछि देउवाले संशोधन गर्नुपर्ने विषयबारे प्रश्न गरेका हुन् ।
एमसीसीमा कुन-कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।
