दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका छन् । बेलनाकार बनाएको अर्धठोस सुनसहित उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा छन् । बुधवार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए । ५० ग्रामको दरले सुन लिएर आएका थप दुई जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले रातोपाटीलाई बताए ।

