हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ । अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ ।
अभिनेत्री कंगना रनावत बोलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा बढी विवादमा छाइरहन्छिन् । यिनै कंगनाको नामको अर्थ हो ‘ब्रासलेट ।
कियारा आडवाणीको नामको अर्थ कियारा अर्थात् इटालियन भाषामा ‘चमकदार’ हुन्छ । हिन्दु धर्ममा कियारालाई ‘भगवानको बहमुल्य उपहार’ मानिन्छ ।
