नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरको आज शुक्रबार जन्मदिन परेको छ । उनी आजबाट ५० बर्ष लागेकी छिन् । नेपाली फिल्म क्षेत्रका केही अभिनेत्री आफ्नो जन्मदिन भव्य रुपमा मनाउँदै आएका छन् । उनी भने जन्मदिन खासै मनाउने नगरेको बताउँछिन् ।
आज परेको जन्मदिनमा पनि उनको विशेष योजना केही रहेको छैन । उनी अहिले उपत्यका बाहिर छिन् । ‘अघिल्ला बर्षका जन्मदिन पनि सेलिब्रेसन नगरेकोले यो बर्ष पनि केही योजना छैन’ करिश्माले बताइन् ।
१४ वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट अभिनय करिअर सुरु गरेकी मानन्धरले तीन दशक बढी समय नेपाली कला क्षेत्रमा बिताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गर्न सफल उनी एक समयकी सफल अभिनेत्री हुन् ।
