काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२६ जना कोभिड १९ संक्रमित थपिएका छन् । ११ हजार ७३ वटा नमुनामा परीक्षण गर्दा साढे दुई हजार बढीमा संक्रमण पुष्टि भएको हो ।
आज थप ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार २४५७ पुगेको छ । आज १६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संया ११ हजार ७९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
