लन्डन । बेलायती कलाकार हेनरी मुरले दशकौँसम्म बेलायतकै एउटा फार्महाउसमा त्यसै मिल्काइएको एउटा सिसाले बनेको मूर्ति अमूल्य हुनसक्ने विश्वास गरेका छन् । हेनरीले लिलाममा यो मूर्ति सत्तरी हजार अमेरिकी डलरमा बिक्री हुनसक्ने अनुमान गरेका छन् ।
आगामी १६ मार्चमा लिलाम गृह ड्रेबिट्सले यसको लिलाम गर्दै छ । ‘आमा र बालक’ शीर्षकको यो मूर्ति बिसौँ शताब्दीका आधुनिकतावादी मूर्तिकार हेनरी मूरले तयार पारेका हुन् ।
जोह्नको सन् २०१९ मा मृत्यु भएको हो । उनको मृत्युपछि उनको परिवारले उनका सरसामान जाँच्ने मूल्यांकन गर्ने क्रममा यो मूर्ति हेनरीको सिर्जना जस्तो देखिएको बताइएको थियो । परिवारले ड्रेविट्स र हेनरी मूर फाउन्डेसनमा यसको आधिकारिकताबारे विशेषज्ञहरूलाई छानबिन गराएका थिए ।
ड्रेविट्सका विशेषज्ञ फ्रान्सेस्का व्हिथम्सले मूरले तीस दशकमा सिसाकै मात्र मूर्ति बनाउने गरेको पुष्टि गरेकी छन् । साथै यो मूर्तिबारे अहिलेसम्म कुनै विशेषज्ञलाई जानकारी नरहेको पनि उनले बताएक छन् ।
तर व्हिथम्सले मूरका सबै चिज अभिलेख राख्दै आएका हेनरी मूर फाउन्डेसनलाई समेत यसको जानकारी नभएको देखेर आफूलाई आश्चर्य लागेको द टाइम्स अफ लन्डनलाई बताएकी छन् ।
मूरले आफ्नो सो मुर्ति ह्यास्टिङ्सका पिता हयुवर्ट डी क्रोनिन ह्यास्टिङ्सलाई उपहार स्वरूप दिएको हुनुपर्ने अनुमान गरिएको छ । ह्युवर्ट करिव ५० वर्ष सम्म ‘आर्किटेक्चरल रिभ्यू’ नामक पत्रिकाका सम्पादक रहेका थिए । सो पत्रिकामा बारम्बार मूरको कलाकृतिबारे लेखहरू प्रकाशित हुने गरेको थियो ।
