नेपालको सबै भन्दा ठूलो सिमेन्ट उत्पादकमध्येको एक जगदम्बा सिमेन्ट नेपाल गुणस्तर अवार्डबाट सम्मानित भएको छ । जगदम्बा सिमेन्ट यसअघि सन् २०१४, २०१५ र २०१९ मा नेपाल गुणस्तर अवार्डबाट सम्मानित भइसकेको छ ।
यस्तै रूपन्देही उद्योग संघबाट पनि २०७३ र २०७५ मा उत्कृष्ट उद्योगबाट सम्मानित भइसकेको छ ।
कम्पनीले ४३ र ५३ ग्रेड ओ.पी.सी, पी.पी.सी. र पी.एस.सी. सिमेन्ट उत्पादन र वितरण गर्दै आइरहेको छ । सन् २००१ मा स्थापना भएको यो कम्पनीले उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग, क्लोज सर्किट मिल, आधुनिक उपकरण र विश्वस्तरीय भीआरएम प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै देशको आवश्यकता पूरा गर्दै आइरहेको जनाएको छ ।
दुई दशकदेखि निर्माण जगतमा गुणस्तरिय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जगदम्बा सिमेन्टले आफ्नो ओपीसी ब्रान्डमा नेपाल गुणस्तरबाट लागु गरिएको ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न गुणस्तरका सम्पूर्ण मापदण्ड पूरा गरी नेपाल गुणस्तर तथा नाँप तौल विभागबाट एनएस व्राण्डमा ५७२ को प्रमाण पत्र प्राप्त गरिसकेको पनि जनाएको छ ।
साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)लाई २८ दिनमा आउने भारवहान क्षमताको आधारमा वर्गिकरण गर्न सकिने भन्दै कुन ग्रेडको सिमेन्ट के मा प्रयोग हुन्छ भन्ने जनाएको छ ।
३३ ग्रेडको ओपीसी : २८ दिनमा न्यूनतम ३३ कम्प्रेसिभ क्षमता प्राप्त हुने ओपीसी सिमेन्ट हो । यो सामान्य खालका संरचनाहरूमा प्रयोग हुन्छ, जसको भार वाहन क्षमता अहिले बजारमा पाउने पीपीसी र पीएसी सिमेन्ट बराबर नै हुन्छ ।
नेपाल गुणस्तर अनुरूप अहिले बजारमा सिमेन्टको बोरामा ओपीसी मात्र लेखेको बोराहरू ३३ ग्रेड मान्यता पाएका सिमेन्टहरू छन् ।

यसरी ३३, ४३ र ५३ ग्रेडका सिमेन्ट यसले २८ दिनमा कुनै पनि संरचनालाई थेग्न सक्ने शक्तिको आधारमा वर्गीकरण गरिएका छन् । जति धेरै बढी ग्रेडको सिमेन्ट भयो त्यति नै छोटो समयमा धेरै क्षमताको शक्ति तथा सिर्जना हुन्छ ।
बढी ग्रेडका सिमेन्ट प्रयोग गर्दा बढी ताप उत्पन्न हुनाले कंकिटिङसँगै क्युरिङ (पानीले भिजाउने) कार्यलाई पनि विशेष ध्यानदिनु पर्ने कम्पनीले जनाएको छ । सिमेन्टको ग्रेड अनुरूप बजार मूल्य पनि फरक हुन्छ ।