गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको गीत ‘फूल रोको कसले देख्छ र ?’ सार्वजनिक भएको छ । रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फुलको मर्म बुझाउन खोजिएको छ । गीतको भिडियोमा गायक रसाइली पनि देखिएका छन् ।
चक्र बरालको छायाङ्कन, टेकेन्द्र शाहका सम्पादन रहेको भिडियो ईश्वर बल्लभ उप्रेतीले निर्देशन गरेका हुन् ।
