नेपालमा यो शैक्षिक शत्रको माध्यमिक शिक्षा परीक्षा एसईई तथा कक्षा १२ को परीक्षा नहुने भएको छ । बिद्यार्थीहरुको फरक तरीकाले मुल्याङ्कन गर्न लागिएको र त्यसैका आधारमा बिद्यार्थी उर्तीण हुने बताइएको छ । एसईईको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदनमा यो कुरा उल्लेख गरेको छ ।

कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ ।
खासगरी यस्तो अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए । महामारीको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको गोरखापत्र दैनिकमा खवर छ