नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आज मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची ११ मेलम्ची बेडसहित अक्सिजन उपलब्ध गराउनुभएको छ । बस्नेतले जिल्लामा १ महिनामा १ सय बेडको कोभिड उपचार केन्द्र सञ्चालन गर्ने कार्यक्रम अनुरुप आज मेलम्ची स्वास्थ्य केन्द्रमा १० वटा बेड र १० वटा अक्सिजन सहितको सिलिण्डर उपलब्ध गराउनुभएको हो ।
अक्सिजन अभावका कारण जिल्लामा कोहिपनि मृत्यु हुन नपरोस् भनेर आफुले अक्सिजन सहित अन्य स्वास्थ्य सामग्रिको सहयोग गरेको पर्वू मन्त्री बस्नेतले जानकारी दिनुभयो । स्वास्थ्य सामग्रि उपलब्ध भएपछि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले खुशि ब्यक्त गर्नुभयो ।
प्रमुख अर्यालले स्वास्थ्य सामग्रिले धेरै सहयोग मिलेको भन्दै सबैभन्दा पहिला आफु सचेत हुनु जरुरि रहेको बताउनुभयो । बिहीबार हेलम्बु स्वास्थ्य केन्द्रमा पनि बेड र अक्सिजन सिलिण्डर उपलब्ध गराउनुभएको छ । 
त्यस्तै यसअघि नै नवलपुर अस्पतालमा ५ बेड र ५ वटा अक्सिजनको व्यवस्था गरेको बस्नेतले बताउनुभयो । यसअघि सिन्धु सदावहार अस्पताल र चाकुमा ३७ बटा अक्सिजनसहितको बेड उपलब्ध गराएका थिए ।अक्सिजन अभावका कारण जिल्लामा कोहिपनि मृत्यु हुन नपरोस् भनेर बस्नेतले यसअघि जिल्लामा विभिन्न स्वास्थय सामग्री वितरण गरेका थिए ।
