२४ माघ, काठमाडौं। साडियो मानेको प्रेरणादायी प्रदर्शनले सेनेगलले पहिलो पटक ट्रफी उचनलेपछि क्यामरुनले एक महिना चलेकाे अफ्रिका कप अफ नेसन्स सम्पन्न भएको छ ।
फाईनललमा मानेकै निर्णायक पेनाल्टी गोलमा सेनेगलले सर्वाधिक ७ पटकको विजेता ईजिप्टलाई सुटआउटमा ४-२ ले हरायो। एएफपीले प्रतियाेगिता सकिएपछि एएफपीले अफ्रिका विगेष्ट स्पोर्ट्स ईभेन्टको केही रमाईला र दु:ख पक्ष समेटेर यो सामाग्री तयार पारेको छ ।ए: अल्जेरिया
प्रतियोगिता अघि अल्जेरिया उपाधि दाबेदारको रुपमा थियो। ३४ खेलको अपराजित यात्रा बनाएको अल्जेरिया समूह चरणबाटै बाहिरिँदा रियाद महारेज नेतृत्वकाे डिजर्ट फक्सले एक खेल समेत जित्न सकेन।
