बिजेपी सांसद र अभिनेत्री हेमा मालिनीले राष्ट्रिय लोकदलका नेता जयन्त चौधरी हेमा मालिनी बन्न मुश्किल भएको बताएकी छिन् । भारतीय समाचार एजेन्सी एनडीटीभीसँगको कुराकानीमा उनले भनिन्, ‘उनी हेमा मालिनी कसरी बन्न सक्छन् ? हेमा मालिनी बन्न मुश्किल छ । ’
उनले भनिन्, ‘हेमा मालिनी बन्नका लागि मैले कडा मिहिनेत गरेकी छु । तपाईंलाई के लाग्छ, जयन्त चौधरी हेमा मालिनी बन्न सक्छन् ? उनले सही भनेका छन् कि उनी हेमा मालिनी बन्न सक्दैनन् ।’
"Becoming Hema Malini is tough, I assure you!" says Hema Malini pic.twitter.com/4UwkkPdQbS
— NDTV (@ndtv) February 7, 2022
आइतबार राष्ट्रिय लोकदलका अध्यक्ष जयन्त चौधरीले आफू हेमा मालिनी बन्न नचाहने बताएका थिए । मथुरामा एक चुनावी सभाका बेला जयन्त चौधरीले मथुराबाट उम्मेद्वारको कुरा गर्र्दै भने, ‘योगेशले अहिले भनिरहेका थिए कि अमित शाहले उनलाई आइज तँलाई हेमा मालिनी बनाइदिन्छु भनेका छन् । थाहा छैन, कस्तो कस्तो कुरा गरिरहेका छन् । कुनै प्रेम छैन, कुनै लगाव छैन, हाम्रा लागि । र मैले भनिरहेको छु कि मैले के पाउनेछु ? मलाई त हेमा मालिनी बन्नु छैन । जनताका लागि तपाईंले के गर्नुहुन्छ ? ती सात किसानका परिवारका लागि तपाईंले के गर्नुभयो ? टेनी किन मन्त्री बनेर बसिरहेका छन् ? बिहान उठ्ने बित्तिकै उनी घृणा घोल्ने काम सुरु गर्छन् । उनीसँग कुनै काम छैन । ’
