अफगानिस्तानमा आफ्नो नियन्त्रणमा लिएदेखि नै तालिबानले आफूलाई ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ को रुपमा परिभाषित गर्दै आएको छ ।
इस्लामिक इमिरेट्स अफ अफगानिूतानले सोमबार संयुक्त राष्ट्रको नेशनल सेक्युरिटी काउन्सिल मोनिटरिङ टिमको त्यो रिपोर्ट खारेज गरिदिएको छ जसमा अफगानिस्तानमा राजनीतिक परिवर्तन पछि विदेशी विद्रोही समूहले पहिलाको भन्दा अधिक स्वतन्त्रको जीवन बाँचिरहेका छन् भनिएको छ ।
टोलो न्युजका अनुसार उक्त रिपोर्टमा बताइए अनुसार हालैका दिनमा तालिबान सरकारको तर्फबाट विदेशी चरमपन्थी लडाकूलाई नियन्त्रणमा राख्न कुनै प्रयास गरिएको कुनै संकेत पाइएको छैन ।

साथै, पछिल्ला समयको तुलनामा हालको समयमा चरमपन्थी समूह पहिला भन्दा असाध्यै धेरै स्वतन्त्र छन् ।
यद्यपि, टिमका सदस्यले अफगानिस्तानमा विदेशी चरमपन्थी लडाकूको कुनै नयाँ क्रियाकलापको जानकारी पनि दिइएको छैन ।
यो रिपोर्टमा दोहा सम्झौताअन्तर्गत तालिबान सरकारले दिएको बचनको पनि उल्लेख गरिएको छ जसमा तालिबानले अन्तरराष्ट्रिय स्तरमा चरमपन्थको खतरलाई ध्यानमा राख्दै अफगानिस्तानको माटो प्रयोग गर्न नदिने कुरा गरेको थियो । संयुक्त राष्ट सुरक्षा परिषद्को मोनिटरि टिमले चिन्ता व्यक्त गर्दै अन्तर्राष्टिय चरमपन्थी समूहले अफगानिस्तानमा सुरक्षित स्थान पाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
यो रिपोर्टमा ओसामा बिन लादेनका छोराले अघिल्लो वर्ष अफगानिस्तानको भ्रमण गरेको दाबी गरेको छ । रिपोर्टमा दाबी गरिए अनुसार लादेनका छोरा अब्दुल्लाहले अघिल्लो वर्ष अक्टोबर महिनामा तालिबानसँग बैठकका लागि अफगानिस्तानको भ्रमण गरेका थिए ।

यस्तै यो रिपोर्टमा प्रतिक्रिया दिँदै इस्लामिक इमिरेट्सले यो रिपोर्ट प्रमाण विमुख रहेको बताएका छन् । इस्लामिक इमिरेट्सले भनेको छ, ‘अफगानिस्तानको इस्लामिक इमिरेट्स सरकारले देशमा विदेशी आतंकवादलाई प्रश्रय दिने रिपोर्ट खारेज गर्दछ ।’
इस्लामिक इमिरेट्सले आफूहरुले दोहा सम्झौताअन्तर्गतका शर्त लागू गरेको दाबी गरेको छ । साथै, उसले कुनै पनि समूहलाई अफगानिस्तानको माटोबाट कुनै पनि अन्य देशलाई धम्की दिन अनुमति नभएको पनि बताएको छ ।
